ad ad

राजनीति


लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली

नेपालखबर
भदौ २७, २०८१ बिहिबार २३:३९, काठमाडौँ

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।

यसअघि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भएका थिए। उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएका थिए।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचीकृत भएका ५ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको थियो। समितिले उनीहरुसँग मंगलबार अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।

समितिले ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई संक्षिप्त सूचीमा सूचीकृत गरेको थियो।

लगानी बोर्ड नेपालको सीईओ बन्न ८ जनाले आवेदन दिएका थिए।  

यसअघि सीईओ सुशील भट्ट चार वर्षे कार्यकाल पूरा गरी साउन २१ मा बिदा भएका थिए। गत साउन २८ मा समितिले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .