आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङमा आएका गुल्शन झा फेरि फ्लप भएका छन्।
भारतविरुद्ध सातौँ क्रममा आएका उनी १ रन बनाउँदै बोल्ड हुन पुगे। यसअघि भारतविरुद्ध बलिङका क्रममा ३ विकेट लिएका ब्याटमा भने लगातार फ्लप सावित भए।
नेपाली सिनियर टोलीका सदस्य उनको जारी विश्वकपमा ब्याटिङक चल्न सकेन। उनले सबैजसो खेलमा दोहोरो स्कोर पनि गर्न सकेनन्।
शुक्रबार भारतविरुद्धको खेलमा उनी २६ औँ ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका छन्।
यससँगै उनको युवा टोलीसँगको विश्वकप यात्रा बिर्सनलायक सावित भएको छ। नेपालले भारतसँगको खेलसँगै आफ्नो विश्वकप यात्रा पनि टुंग्याउँदैछ।
42
Shares
प्रतिक्रिया