समाज


लापसे गरेर सवारी साधन चलाउने ६ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

लापसे गरेर सवारी साधन चलाउने ६ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
माघ १९, २०८० शुक्रबार २०:२८, काठमाडौँ

काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदेश २-०३-००१ ख ५१ ८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे १ ख ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारू, लु ३ च २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्‍चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस वि।क। ना ८ ख २३ ०७ नम्बरका बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दिपक थापा पक्राउ परेका छन्।

यस्तै, बा ४ ख ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा ३ ख ४६ ६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।  

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको  संयुक्त टोलिले २५ ओटा सवारी सवारी साधन चेक गर्दा ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन्। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

सार्वजनिक, निजी तथा यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टीएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .