ad ad

खेल


गण्डकी प्रदेशसँग बागमती स्तब्ध

गण्डकी प्रदेशसँग बागमती स्तब्ध

नेपालखबर
माघ ९, २०८० मंगलबार १७:३८, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशसँग बागमती प्रदेश स्तब्ध भएको छ।

बागमतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।

गण्डकीका करण पंगेनीले ९८ बलमा ६ चौका र ३ छक्का हान्दै ७९ रनको महत्त्वपूर्ण योगदान दिए।

ईश्वर क्षत्रीले ३६ र मुस्कान थापाले २७ रन थपे। समिर कँडेलले १९ र कमल परियाले २० रन बनाए।

चार ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बागमतीका लागि प्रतिश जिसीले २ विकेट लिए। रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले समा एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ५ बल अगावै १ सय ९८ रनमा अलआउट भयो।

ओपनर आशुतोष घिमिरे ४४ रनमा कमल परियारको बलमा एलबीडब्लु धरापमा परे। उनले ६९ बलमा ५ चौका हाने।

इसान पाण्डे ४३ रनमा आउट भए। ६२ बलमा २ चौका र २ छक्का प्रहार गर्दा कमल कै बलमा क्याच आउट हुन पुगे।

विपिन आचार्य ३८ रनमा रन आउट भए। ४७ बलमा १ चौका र १ छक्का हानेका अशोक पौडेलले ३० रन थपे।

सूर्य तामाङ १५ रनमा बोल्ड आउट भए।

गण्डकीका लागि कमल परियारले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए।

विपिन खत्रीले १० ओभरमा २ मेडन राख्दै २७ रन दिएर २ विकेट झारे। अमृत गुरुङले २ विकेट झारे। सन्दीप पराजुलीले एक विकेट आफ्नो नाममा गरे।
 
आजै भैरहवाको सिद्धार्थनगरमा भएको अर्को खेलमा विभागीय डर्बीमा त्रिभुुवन आर्मी क्ललबे एपीएफ क्लबलाई ४ विकेटले हराएको छ।

एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले ३२.४ ओभरमा १ सय २१ रनमा अलआउट भयो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .