ad ad

खेल


टाइगर कप भलिबलको फाइनलमा हेल्प नेपाल

टाइगर कप भलिबलको फाइनलमा हेल्प नेपाल

नेपालखबर
माघ ५, २०८० शुक्रबार १५:४, काठमाडौँ

हेल्प नेपाल स्पोर्टस् क्लब पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

पोखरा रगंशालाको भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पाहुना टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल उापधि नजिक पुगेको हो। 

पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिका सेटमा पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो। 

हेल्प नेपालले दोस्रो सेटमा २५–१४ ले आफ्नो पक्षमा पार्यो। त्यसपछिका सेटमा लगातार २५–१८ र २६–२४ ले जित्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो। 

हेल्प नेपालले अब दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ। 

शुक्रबार नै हुने दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र एपीएफ क्लब भिड्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .