ad ad

खेल


अफ्रिका कप : गाम्बियामाथि सेनेगलको सहज जित

अफ्रिका कप : गाम्बियामाथि सेनेगलको सहज जित

नेपालखबर
माघ २, २०८० मंगलबार ६:५२, काठमाडौँ

आइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्स (एफकन) मा भएको पहिलो खेलमा सेनेगलले गाम्बियालाई फराकिलो गोलअन्तरले पराजित गरेको छ। 

समूह ‘सी’को खेलमा सेनेगलले गाम्बिया माथि ३–० ले जित निकालेको हो। 

सेनेगलका लागि लामिन कमाराले २ र पापा गेयेले १ गोल गरे। चौथो मिनेटमा नै सेनेगलले खेलमा अग्रता लिएको थियो। स्टार खेलाडी तथा कप्तान साडियो मानेको पासमा गेयेले गोल गरेका थिए।

पहिलो हाफको अन्तिम समयमा इबु एडम्सले रातो कार्ड पाएपछि गाम्बियाले १० खेलाडीमा सिमित भएर खेलेको थियो। जसको कारण खेल अवधिभर गाम्बिया दबाबमा बस्यो। 

५२औं मिनेटमा सेनेगलले अग्रता दोब्बर गर्यो। एस्माइला सारको पासमा कमाराले गोल गर्दै आफ्नो अग्रता दोब्बर बनाए। उनले नै ८६औं मिनेटमा इलिमान एन्डियाएको पासमा गोल गर्दै जित निश्चित गरे।

मंगलबार (आज) क्यामरुन र गिनी  तथा अल्जेरिया र एंगोला भिड्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .