खेल


अभिनाश र सुशनको ओडिआईमा डेब्यू, यस्तो छ नेपालको सुरुआती-११

अभिनाश र सुशनको ओडिआईमा डेब्यू, यस्तो  छ नेपालको सुरुआती-११

नेपालखबर
माघ २२, २०७६ बुधबार ३:३४,

तिव्र गतिका बलर अभिनास बोहरा र सुशन भारीले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओडिआइमा डेब्यु गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा अभिनासले डेब्यु गरेका हुन्।

यो सँगै घरेलु मैदानमा ओडिआईमा डेब्यु गर्ने उनी पहिलो खेलाडी हुन् भने ओडिआईमा २० औं क्याप प्राप्त गर्ने खेलाडी हुन्।

जारी ओडिआई सिरिजमा नियमीत अलराउण्डर सोमपाल कामी नहुँदा टि ट्वान्टीमा डेथ ओभर स्पेलिष्टको छवी बनाएका अभिनासले प्लेइङ ११ मा स्थान बनाएका हुन्।

अभिनासले गतवर्ष संयुक्त अरब इमिरेन्टस् युएईसँगको तिन टि ट्वान्टी सिरिजबाट नेपाली क्रिकेटमा डेब्यु गरेका थिए।

त्यसयता अभिनाश पहिलो रोजाईको बलर बनेका छन्। १७ टि–ट्वान्टी आईमा १६ विकेट लिएका अभिनाशले गत नोभेम्बरमा बंगलादेशमा भएको इमर्जिङ एक दिवसिय एसिया कपमा हङकङविरुद्ध लिष्ट ए मा डेब्यू गरेका थिए। सो खेलमा उनले ९ ओभरमा २ मेडन सहित ३२ रन खर्चेर ३ विकेट झारेका थिए।

यस्तै बायाँ हाते युवा स्पिनर सुशन भारीले पनि ओडीआईमा डेब्यू गरेका छन् । सुशनले २१ औं नेपालको ओडीआई क्याप लगाएका हुन्। बायाँ हाते स्पिनर भारीले नेपालबाट टि ट्वान्टी ६ आई र ४ लिष्ट ए खेलि सकेका छन्।

नियमीत अनुभवी स्पिनर वसन्त टोलीमा नहुँदा सुशनले डेब्यू गरेका हुन्। सुशनले सन् २०१७ को अक्टोबरमा हङकङ विरुद्ध डेब्यू गरेका थिए।

माघ पहिलो साता सम्पन्न मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगितामा सुशन सर्वोत्कृष्ट बलर घोषित भएका थिए। सो प्रतियोगितामा सुसनले ४ खेलमा २९.४ ओभरमा ८५ रन खर्चेर १५ विकेट लिए। जसमा इनरुवा विरुद्ध ह्याट्रिक सहित ७ विकेट झारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad