समाज


वडाध्यक्ष हत्याको बिरोधमा पञ्चदेवलमा बिहानैदेखि प्रदर्शन, बजार बन्द

वडाध्यक्ष हत्याको बिरोधमा पञ्चदेवलमा बिहानैदेखि प्रदर्शन, बजार बन्द

नेपालखबर
माघ २२, २०७६ बुधबार ३:२६,

अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या विरोधमा स्थानीयले बुधबार बिहानैदेखि विनायक बजार बन्द गरेका छन्।

स्थानीय र मृतकका आफन्तले निस्पक्ष धानबिनको माग गर्दै सडकमा चक्काजामसहित बजार बन्द गरेका हुन्।

सडकमा टायर बालेर गरिएको प्रदर्शनले सवारी आवगमन प्रभावित भएको छ। पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला परेको थियो।

आफन्तले अझै शव बुझ्न मानेका छैनन्। अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली प्रहरी टोली धनगढीबाट अछाम पुगेको छ।

गएको स्थानीय तहको निर्वाचनमा धामी तत्कालिन एमालेका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad