खेल


प्रधानमन्त्री कप महिला क्रिकेट : अम्पायरका रुपमा सोनिकाको डेब्यु

प्रधानमन्त्री कप महिला क्रिकेट : अम्पायरका रुपमा सोनिकाको डेब्यु

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १६:१०, काठमाडौँ

पोखरामा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा महिला अम्पायरले डेब्यु गरेकी छिन्। 

स्याङ्जाकी सोनिका थापाले गण्डकी प्रदेशकै पहिलो महिला अम्पायरका रुपमा डेब्यु गरेकी हुन्। 

पोखरा रगंशालाभित्रको क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला तथा गण्डकी प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत कास्की र पर्वतसँगको खेलमा उनले अम्पायरिङ गरेकी हुन्। 

सोनिकालाई गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले प्रोत्साहनस्वरुप अम्पायरिङ ह्याट, हेड बेल्ट, बल काउन्टर तथा बलिङ कार्ड प्रदान गरे। 

अध्यक्ष सिग्देलले यसलाई अवसरका रुपमा लिन र प्रशिक्षणमा सिकेको सीपलाई मैदानमा प्रयोग गर्दै छिटै राष्ट्रिय प्रतियोगितामासमेत अम्पायरिङ गर्न सक्ने गरि तयारी गर्न शुभकामना दिए। 

पोखरामा सम्पन्न 'ओ लेभल'को अम्पायरिङ प्रशिक्षणमा सहभागी सोनिकाले यसलाई अवसरका रुपमा लिएको बताएकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .