‘जहाँ मानवता सकिन्छ। त्यहाँ काली र दुर्गाको रुपमा दान्वीको उदय हुन्छ।’
पूजा शर्माले बोलेको संवादसँगै सुरु हुन्छ फिल्म ‘दान्भी’ को टिजर। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको टिजरभरि पूजाको एक्सन अवतारलाई देख्न सकिन्छ।
१ मिनेट ३३ सेकेण्डको टिजरभरि पूजालाई केन्द्रमा राखिएको छ। लबस्टोरी जनराका फिल्ममा देखिँदै आएकी पूजाको यो पहिलो एक्सन फिल्म हो।
जसकारण टिजरमा पूजाका भरपुर एक्सन दृश्यले फ्यानलाई उत्साहित बनाउने निश्चित छ। त्यसैगरि, अर्का मुख्य कलाकार कुन्साङ बोमजन पनि टिजरमा अटाएका छन्।
रुपेश तामाङको निर्देशन रहेको फिल्म सन् २०२४ मा रिलिज हुनेछ। देव मगर र अनुप गडालको लगानी रहेको फिल्मको रिलिज मिति पनि चाडै टुंगो लगाउने बताइएको छ।
संजोग रानाको संवाद रहेको फिल्ममा हरि लामा ‘घले’ को छायाङ्कन रहेको छ। सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन्। सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्र्याउने अपेक्षा गरिएको छ।
निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरूले नयाँ तहमा तयार पारेको बताएका छन्।
भिडिओ
Shares

प्रतिक्रिया