खेल


पोखरा र इलामको खेल चलिरहँदा जब समर्थक मैदान छिरे...

पोखरा र इलामको खेल चलिरहँदा जब समर्थक मैदान छिरे...

सरोज नेपाल
मंसिर २०, २०८० बुधबार १८:६, काठमाडौँ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीचका खेल चलिरहेको छ। 

खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ।

खेल चलिरहँदा एक समर्थक मैदान प्रवेश गरेका छन्। उनी मैदान प्रवेश गरेपछि केहीबेर खेल समेत रोकिन पुगेको छ। 

खेलको ११औँ मिनेटमा ती समर्थक मैदान प्रवेश गरेका थिए। उनी मैदानमा राष्ट्रि झण्डा हल्लाउँदै प्रवेश गरेका थिए।

उनलाई मैदानमा खटिएका सुरक्षाकर्मीले बाहिर निकालेका थिए। 

खेलको सुरुवाती समयदेखि नै इलामले बलमा आफ्नो प्रभुत्व जमाएको थियो। सुरुवाती समयदेखि नै पोखरालाई दबाबमा राखेको  पूर्वेली टोलीले खेलमा गोल भने गर्न सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .