ad ad

खेल


विश्वकप छनोटमा ब्राजिलको खराब प्रदर्शन जारी, घरेलु मैदानमै अर्जेन्टिनासँग पराजित

विश्वकप छनोटमा ब्राजिलको खराब प्रदर्शन जारी, घरेलु मैदानमै अर्जेन्टिनासँग पराजित

नेपालखबर
मंसिर ६, २०८० बुधबार ९:३५, काठमाडौँ

फिफा विश्वकप फुटबल २०२६ को छनोट खेलमा ब्राजिलले लगातार खराब प्रदर्शन गरिरहेको छ। छनोटका ६ खेलमध्ये ब्राजिल पछिल्ला ४ खेलमा जितविहीन बनेको हो। 

बुधबार बिहान माराकाना स्टेडियममा ब्राजिल साविक विश्व विजेता अर्जेन्टिनासँग १–० ले पराजित भएको हो।

सुरुमै तनावपूर्ण बनेको रंगशालामा निकोलास ओटामेन्डीले खेलको ६३औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै अर्जेन्टिना जित दिलाए। 

स्ट्राइकर जोइलिन्टनले मैदान प्रवेश गरेको ९ मिनेटमै रातोकार्ड खाँदा ब्राजिलले खेलमा फर्किने मौकासमेत पाएन। १–० ले पछि परेको अवस्थामा ७२औं मिनेटमा गाब्रियल म्यागालासको स्थानमा मैदान प्रवेश गरेका जोइलिन्टनले ८१औं मिनेट मैदान छाड्दा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। 

अर्जेन्टिनाका मिडिफिल्डर रोड्रिगो डे पललाई हातले अनुहारमा हानेपछि उनलाई रेफ्रिले सिधै रातोकार्ड दिएका थिए। 

त्यसपछि ब्राजिल खेलमा फर्किन सकेन र घरेलु मैदानमा अर्को हार बेहोर्‍यो। यो उसको लगातार तेस्रो हार हो। यसअघि कोलम्बिया र उरुग्वेसँग पनि ब्राजिल पराजित भएको थियो। 

लगातारको हारसँगै ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकामा छैटौं स्थानमा झरेको छ।

जितसँगै अर्जेन्टिना भने शीर्ष स्थानमा छ। ६ खेल सकिँदा अर्जेन्टिना ५ जितसहित शीर्षस्थानमा छ।

दोस्रो स्थानको उरुग्वेको १३ अंक छ। ब्राजिलले मात्रै ७ अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .