खेल


चार देश सम्मिलित महिला टी-२० मा नेपालको लगातार दोस्रो हार

चार देश सम्मिलित महिला टी-२० मा नेपालको लगातार दोस्रो हार

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १३:५०, काठमाडौँ

हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको हो। 

सिरिजमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ। नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। 

उता  हङकङले भने सिरिजमा लगातार दोस्रो जित निकालेको हो। 

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

ओपनर नतासा माइल ३० र सन्जिन शहजाद २० रनमा नटआउट रहे। ओपनर मारिको हिल ५ रन बनाउँदा रन आउट भइन्।

त्यसअघि वाङ नाइमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमा अल  आउट भयो।

नेपालका लागि रुबिना क्षेत्री वेलवासेले सर्वाधिक २५ रन बनाइन्। रुविनाले ३० बलमा ४ चौका प्रहार गर्दा बोल्ड आउट भइन्। सीता रानामगर क्याच आउट भइन्। 

हङकङविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि रुविना बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपाललाई कम स्कोरमा रोक्न हङकङकी इकार सहारले ३ विकेट लिइन्। रुचिथा वेंकटेशले २ विकेट लिइन्। मारिको हिल र केरी चानले समान एक/एक विकेट लिए। 

हङकङविरुद्धको खेलमा विकेट किपर कञ्चन श्रेष्ठले डेब्यु गरेकी छन्। बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने कञ्चनले ओपनिङ र मध्यक्रम दुवैमा ब्याटिङ गर्ने गरेकी छन्। 

हङकङमा जारी महिला टी-२० आई सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ। 

समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .