ad ad

खेल


नेपालको आठौँ विकेट पतन

नेपालको आठौँ विकेट पतन

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १२:९, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध घरेलु टोली नेपालले ८ विकेट गुमाएको छ। 

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १६ औं ओभरमा ८ विकेट गुमाएर मात्र ८५ रन बनाएको छ। 

नेपालका ओपनर कुशल भुर्तेल २६ रनमा बोल्ड आउट भए। १८ बलमा १ चौका र ३ छक्का हानेका भुर्तेल मेहर खानको बलमा बोल्ड भए। 

 सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोरा समान १२ रनमा पवेलियन फर्के। 

कुशल मल्ल १० र आशिफ शेख ५ रनमा आउट भए। गुलसन झा ३ र सन्दीप लामिछाने २ रनमा आउट भए। 

१७ औं ओभरको खेल जारी रहँदा नेपालले ८ विकेटको क्षतिमा ९१ रन बनाएको छ। क्रिजमा विवके यादव १५ र करण केसी शुन्य रनमा नटआउट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .