ad ad

खेल


एसियन गेम्स : २५ वर्षपछि व्यक्तिगत स्पर्धामा एरिकाले दिलाइन् नेपाललाई रजत पदक

एसियन गेम्स : २५ वर्षपछि व्यक्तिगत स्पर्धामा एरिकाले दिलाइन् नेपाललाई रजत पदक

लक्ष्मी जि.सी
असोज २०, २०८० शनिबार १५:५४, काठमाडौँ

एसियाली खेलकुदको महाकुम्भ एसियन गेम्समा नेपालले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक जितेको छ। 

शनिबार भएको महिला ६८ केजी तौल समूहमा नेपालकी एरिका गुरुङले करातेतर्फबाट नेपाललाई  रजत पदक दिलाएकी हु्न्। 

एरिकाले एसियाडको पहिलो सहभागितामा नै नेपाललाई रजत पदक दिलाउन सफल भइन्। 

आजै स्वर्ण पदकका लागि भएको स्पर्धामा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गरेकी थिइन्।

शनिबार भएको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले  पराजित गर्दै एरिका फाइनलमा प्रवेश थिइन्।

यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन्।

सन् २०१८ मा भएको जकार्ता एसियाडमा प्रदर्शनी खेलतर्फ प्याराग्लाइडिङले रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो।

एसियन गेम्समा पदकको उच्च सम्भावना भनिएको करातेले एसियाडमा जितेको पहिलो रजत पदक हो। करातेले एसियाडमा अहिलेसम्म यो रजत पदक सँगै तिन कास्य पदक जितेको छ।  

संयोग नै मान्नुपर्छ नेपाललाई २५ वर्षपछि रजत दिलाएकी एरिकाले करातेको कुमुतेतर्फपनि नेपाललाई त्यति नै वर्षपछि पदक दिलाएकी हुन्। 

करातेको कुमुतेतर्फ नेपाल सन् १९९८ पछि पदकविहीन थियो।

यद्यपी सन् २०१४ को इन्चोन एसियाडपछि कराते पदक विहिन थियो। 

सन् १९९४ मा जापानमा भएको १२औं एसियन गेम्समा सीता राईले करातेलाई पहिलो कास्य पदक दिलाएकी थिइन्। 

सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाडमा कुमुतेतर्फ सम्बरबहादुर गोलेले कास्य पदक जितेका थिए। 

१३औं एसियाडपछि नेपाललाई सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा कातामा विमला तामाङले कास्य पदक दिलाएकी थिइन्। त्यसयता कराते पदकविहीन थियो। 

योसँगै नेपालले चीनको हाङजाओमा जारी एसियन गेम्सबाट दुई पदक स्वदेश भित्राएको छ। 

यसअघि नेपालको महिला कबड्डी टोलीले कास्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .