खेल


नेपालको दोस्रो पदक पक्का, कराते खेलाडी एरिका फाइनल प्रवेश

नेपालको दोस्रो पदक पक्का, कराते खेलाडी एरिका फाइनल प्रवेश

नेपालखबर
असोज २०, २०८० शनिबार १४:५४, काठमाडौँ

नेपालकी कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन्।

शनिबार भएको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८-४ ले  पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन्।

फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन्। सोफ्याले फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन्।

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन्। उनले १(१ को बराबरी हुँदा सेन्शु ९पहिलो अंक जोडेको० आधारमा जित निकालेकी थिइन्।

योसँगै नेपालले १९ औं एसियाडमा दोस्रो पदक पक्का गरेको हो। यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .