खेल


एक खेल अगावै मधेस प्रदेश यू-१९ को फाइनलमा

एक खेल अगावै मधेस प्रदेश यू-१९ को फाइनलमा

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १९:१९, सुर्खेत

मधेस प्रदेश यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

मधेसले हालसम्म आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्रतियोगीतामा खेलिने कुल ६ खेलमध्ये मधेस प्रदेशले पाँच खेल जितेर महत्त्वपूर्ण १० अंक जोडेको छ। 

शुक्रबार वीरेन्द्रनगरमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गरेको हो। १६२ रनको लक्ष्य पछ्याएको लुम्बिनी चार विकेट गुमाउँदै १३७ रनमै समेटियो। 

पहिले ब्याटिङ गरेको मधेसका लागि ‘प्लेयर अफ द म्याच’ प्रतिमा साह र ओपनर सना प्रवीनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। ओपनर एलिशा यादव पाँच रनमा आउट भएपछि क्रिजमा आएकी प्रतिमाले ४७ बलमा ३ चौका र ५ छक्काको मद्दतले अविजित ६८ रनको विष्फोटक इनिङ्स खेलिन्। 

त्यस्तै, सना प्रवीनले ५७ बलमा १० चौका प्रहार गर्दै महत्त्वपूर्ण ६२ रनको योगदान दिइन्। 

लुम्बिनीका लागि बलिङतर्फ आश्ना चौधरी र आयुषा भुसालले समान १-१ विकेट लिइन्। 

त्यस्तै, लुम्बिनीका ओपनर सुप्रिया बुढा मगरले ५३ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनमा अविजित रहिन्। कप्तान अञ्जी पाठकले १८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडिन्। 

चौथो नम्बरमा आएकी युनिशा सारु मगरले १४ र रितु रावलले अविजित १५ रन बनाए पनि टिमलाई जित दिलाउन सकिनन्।

मधेसका लागि साक्षी कुमारी यादव, सुस्मिताकुमारी यादव, आरती महतो र प्रतिमा साहले समान एक-एक विकेट लिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad