ad ad

खेल


विश्वकप क्रिकेट : बङ्गलादेशसामु अफगानिस्तानले दियो १५७ रनको लक्ष्य

विश्वकप क्रिकेट : बङ्गलादेशसामु अफगानिस्तानले दियो १५७ रनको लक्ष्य

नेपालखबर
असोज २०, २०८० शनिबार १४:४३, काठमाडौँ

भारतमा भइरहेको आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ। 

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो।

अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए। 

यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए। 

बलिङतर्फ बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन÷तीन विकेट लिए। अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ। 

आजै श्रीलङ्का र दक्षिण अफ्रिकाबिच अर्को खेल हुनेछ। यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले पराजित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .