ad ad

खेल


रोहित भन्छन् : सन्दीप र दीपेन्द्र क्रिजमा रहँदा जित्छौँ भन्ने लागेको थियो

रोहित भन्छन् : सन्दीप र दीपेन्द्र क्रिजमा रहँदा जित्छौँ भन्ने लागेको थियो

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १३:१७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारतविरुद्ध दीपेन्द्र सिंह ऐरी र सन्दीप जोरा क्रिजमा रहँदा जित्छौँ भन्नेमा पुगेको सुनाएका छन्। 

आफूहरुले आफ्नो स्ट्यान्डर्ड अनुसार राम्रो गर्न नसकेको पनि उनले बताएका छन्।

चीनको हाङझाओमा जारीमा १९ औं एसियन गेम्स अन्तर्गत टी–२० क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ।

खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले भने, ‘जोरा (सन्दीप जोरा) र दीपेन्द्र (दिपेन्द्रसिंह ऐरी) ले खेल्दा डगआउटमा हामी जित्छौँ भन्ने थियो। उनीहरुमध्ये एकजना टिकेको भए जित्न सकिन्थ्यो। टी–२० मा दिप्पी (दीपेन्द्र) दाइ  एकदम पावर हिटिङ गर्नुहुन्छ। विश्वकप छनोटअघि उहाँ फर्ममा आउनु र टिम पनि फर्ममा हुँदा राम्रो महसुस भएको छ। अन्तिममा सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरीको ब्याटिङ एकदम राम्रो थियो। अन्तिममा करण केसीले पनि राम्रो खेलेको थियो।’ 

यद्यपि कप्तान पौडेलले आफूहरु भारतविरुद्ध नेपालको स्ट्यान्डर्ड अनुसार प्रर्दशन गर्न नसकेको स्वीकार गरेका छन्।

उनले थपे, भारतविरुद्ध नर्भसभन्दा पनि फिल्डिङमा हाम्रो जुन सकसीमको स्ट्याण्डर्ड थियो त्यो अनुसार राम्रो गर्न नसकेकै हो।’ 

भारतविरुद्धको खेलबाट लिन सक्ने धेरै सकारात्मक पक्ष रहेका उनले बताए। ‘ब्याटिङमा अझै राम्रो गर्न सकिन्थ्यो, सुरुवातमा राम्रोसँग खेलेको भए नतिजा जे पनि हुन सक्थ्यो’, उनले भने।  

स्पिनर मैत्री विकेट रहेकाले भारतीय ब्याटरहरु धेरै लेफ्ट ब्याटर हुनाले आफू नै बलिङमा आउनुपरेको सुनाए।

रोहितले ३ ओभरमा २६ रन दिएका थिए। आफू बलिङमा आउनुको कारण खुलाउँदै उनले भने, ‘विकेट हेर्दा स्पिनलाई फेबर गरिराखेको थियो। उनीहरुका लेफ्ट ब्याटर धेरै थिए, त्यसैले अफ स्पिनरले राम्रो गर्न सक्छ भनेर म आफैँ आए।’

एसियन गेम्सबाट बाहिरिएको नेपालले अब घरेलु मैदानमा टी–२० विश्वकप छनोट खेल्दैछ। 

विश्वकप छनोटअघिको प्रर्दशनबाट टिमका सबै जना मोटिभेट रहेको उनले बताए। रोहितले भने, ‘योभन्दा पहिला विश्वकप छनोट, एसिया कप खेल्यौँ, एक्पोजर पाइराखेका छौँ। कुनै विपक्षी टोलीलाई कमजोर लिएका छैनौँ। घरेलु मैदानमा राम्रो खेल्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .