ad ad

खेल


एसियन गेम्स : समूह चरणको अन्तिम खेलमा आज बंगलादेश भिड्दै नेपाली महिला फुटबल टोली

एसियन गेम्स : समूह चरणको अन्तिम खेलमा आज बंगलादेश भिड्दै नेपाली महिला फुटबल टोली

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०८० बिहिबार ७:३७, काठमाडौँ

१९औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलको आफ्नो समूह चरणको अन्तिम खेलमा आज (बिहीबार) नेपाल र बंगलादेश भिड्दै छ। 

खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा स्थानीय समयानुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। 

यसअघिका दुई खेलमा लगातार हार भोगेका नेपाल र बंगालदेश दुवै जितका साथ एसियाडको सुखद अन्त्य गर्ने योजनामा छन्। 

समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। जापानसाग भने ८–० को फराकिलो हार व्यहोरेको थियो। 

उता आफ्नो पहिलो खेलमा बंगलादेश जापानसँग ८–० कै फराकिलो अन्तरले पराजित भएको थियो समूह चरणको दोस्रो खेलमा भियतनामलाई ६–१ को नतिजा सुम्पेको थियो। 

समूह डीमा रहेका नेपाल र बंगालदेशले आजको खेलसँगै एसियाड यात्रा अन्त्य गर्नेछन्। 

पछिल्ला ३ खेल हेर्ने हो भने नेपालले बंगलादेशलाई हराउन सकेको छैन।

गत वर्ष घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग हारेको थियो।

त्यसयता नेपालले बंगालदेशलाई जित्न सकेको छैन।

यसअघि बंगालदेशमा नै भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल र बंगालदेशले बराबरी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .