ad ad

खेल


चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (तस्बिर)

चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (तस्बिर)

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ७, २०८० आइतबार ९:३५, काठमाडौँ

चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुद (एसियन गेम्स) मा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। 

एसियन गेम्समा सहभागिताका लागि आज चीन प्रस्थान गर्ने राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार बिहान नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हो। क्यानको नयाँ नेतृत्व हिजो मात्र निर्वाचनबाट चुनिएको हो।

चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ। 

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्। 

औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गतेदेखि नै चलिरहेको छ।

जसअन्तर्गत समूह चरणका दुवै खेल हारेपछि नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। 

एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन्। 

क्रिकेट टोली बिदाइका तस्बिर

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .