खेल


जिल्लादेखि प्रदेशसम्म नतिजा देखिने गरी काम गर्ने चुनौती छ : पारस खड्का

जिल्लादेखि प्रदेशसम्म नतिजा देखिने गरी काम गर्ने चुनौती छ : पारस खड्का

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ६, २०८० शनिबार १८:४२, काठमाडौँ

नेपाल क्रिकेट संघ(क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले आफूलाई अवसरसँगै काम गर्ने चुनौती पनि थपिएको बताएका छन्। 

शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले आफ्ना अग्रजहरूको हौसलाकै कारण यहाँसम्म पुग्न सहज भएको बताए। 

‘काम गर्ने अवसरसँगै चुनौती पनि छ,’ उनले भने।

जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो नहुने उनको भनाइ छ।

‘राम्रो टिम बनेको जस्तो लाग्छ। चुनावी माहोलमा जे भएपनि क्रिकेट संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुन्छ,’ खड्काले भने, ‘खेलाडीको रुपमा जति अनुभव बटुलेको छु, त्यसलाई जिल्लादेखि प्रदेशमा नतिजा देखिनेगरी छलफल गर्नुछ।’

उनले क्रिकेट छाडेपछिका अनुभव सुनाउँदै पछिल्लो ३÷४ महिनाको अवधिमा नयाँ अनुभव भएको बताए। 

‘क्रिकेट छोड्दा एउटा आशा थियो। पछिल्लो ३ ४ महिनामा नयाँ अनुभव भयो। जब म एउटा खेलाडी थिएँ, म सँग सँगै राम्रो टिम थियो। त्यो टिमले राम्रो भूमिका खेलेको थियो,’ उनले भने।

सरकार र क्यानले आफूलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्ने पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .