ad ad

गण्डकी


‘पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार’बाट नेपालखबरकर्मी मिश्र पुरस्कृत

‘पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार’बाट नेपालखबरकर्मी मिश्र पुरस्कृत

नेपालखबर
असोज ६, २०८० शनिबार १८:५५, काठमाडौँ

पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट नेपालखबरकर्मी वाशुदेव मिश्र पुरस्कृत भएका छन्।

पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर कार्यरत मिश्रलाई संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ संयोजक रहेको छनोट समितिले  पत्रकारिताको माध्यमबाट आर्थिक गतिविधि बनाउन  पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको थियो।

छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका वर्तमान अध्यक्ष विमला भण्डारी, पूर्वअध्यक्ष पुण्य पौडेल, पोउवा संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य र कार्यसमिति सदस्य माधव बस्ताकोटी सदस्य रहेका थिए।

संघको ६९ औँ वार्षिक अधिवेशनको क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मानित गरेका हुन्।

पुरस्कारमा सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ पनि समावेश छ। सो पुरस्कारबाट यसअघि पत्रकारहरु सन्तोष पोखरेल,रुपनारायण ढकाल, भरत कोइराला र लालप्रसाद शर्मा सम्मानित भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .