ad ad

खेल


एसिया कपको फाइनल आज, भिड्दै भारत र श्रीलंका

एसिया कपको फाइनल आज, भिड्दै भारत र श्रीलंका

नेपालखबर
भदौ ३१, २०८० आइतबार १०:३, काठमाडौँ

एसिया कप–२०२३ को फाइनल खेल आज (आइतबार) भारत र श्रीलंकाबीच हुँदै छ।

खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो ३ बजे सुरु हुनेछ। टस दिउँसो साढे २ बजे हुनेछ।

उक्त फाइनल खेलमार्फत भारत आफ्नो ५ वर्षको उपाधिविहीन अवस्था अन्त्य गर्ने दाउमा हुनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंका उपाधि रक्षा गर्न चाहन्छ।

दुवै टोली आठौंपटक एसिया कपको एकदिवसीय फाइनलमा भिड्दै छन्। यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ तथा श्रीलंकाले ३ वटामा जित हासिल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .