बाराको निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष गोला प्रथाबाट चयन भएका छन्।
सहमतिबाट क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष चयन नभएपछि निर्वाचन गरिएको थियो। तर, निर्वाचनमा दुई प्रतिस्पर्धीले बराबर मत प्राप्त गरे गोलाप्रथाबाट अध्यक्ष चयन गरिएको क्याम्पस प्रशासनले जनाएको छ।
निर्वाचनमा निवर्तमान अध्यक्ष एकबहादुर श्रेष्ठ र स्थानीय रामचन्द्र जैसवालबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा दुबैले बराबर (२९-२९) मत प्राप्त गरेपछि गोलाप्रथाबाट अध्यक्ष टुंगो लगाइएको हो।
गोलाप्रथाबाट निवर्तमान अध्यक्ष श्रेष्ठ नै दोस्रो कार्यकालको लागि क्याम्पसको अध्यक्षमा विजयी भएका छन्।
समितिका अन्य सदस्य भने निर्वाचनबाट छानिएका छन्। क्याम्पस व्यवस्थापन समितिको सदस्यमा प्रल्हाद शर्मा तिमल्सिना, निशा भण्डारी, राम कुमार शर्मा र मनोज कुमार रेग्मी विजयी भएका छन्।
Shares
प्रतिक्रिया