ad ad

खेल


भारतविरुद्ध छक्का प्रहार गरेका सोमपाल र कुशललाई जनही एक लाख प्रदान

भारतविरुद्ध छक्का प्रहार गरेका सोमपाल र कुशललाई जनही एक लाख प्रदान

नेपालखबर
भदौ २१, २०८० बिहिबार १७:३२, काठमाडौँ

इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका दुई क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

एसिया कपमा भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने खेलाडीलाइ प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो। 

सोही घोषणा अनुसार फाउन्डेसनले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमबीच भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको हो।

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए। कुशल र सोमपाललाई फाउन्डेसनका  सुशील रेग्मीले चेक हस्तान्तरण गरेका हुन्। 

फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो।

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो। 

पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .