ad ad

खेल


क्रिकेटरलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ

क्रिकेटरलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:२०, काठमाडौँ

पाकिस्तान र श्रीलंकामा जारी एशिया कप क्रिकेट २०२३ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। 

क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएको भन्दै उनले बधाई दिएकी हुन्। 

‘यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको छ। मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैको लागि खुसी र गर्वको विषय हो’, उनले भनेकी छन्, ‘यसैगरी, मलेसियामा सञ्चालन भइरहेको टी-ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना गर्दछु।’

उनले नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघलाई बधाई तथा शुभकामना दिएकी छन्। 

‘क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ’, उनले भनेकी छन्, ‘विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन।’

उनले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको बताएकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .