ad ad

कारोबार


नेपालले बिजुली बेच्न भारतको सर्त मान्नुपर्ने बाध्यता छ : देउवा

नेपालले बिजुली बेच्न भारतको सर्त मान्नुपर्ने बाध्यता छ : देउवा

नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:२५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए।

सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ। आवश्यकता छ। कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ। चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ। सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन। भारत र चीन नेपालका नेभर छिमेकी हुन्। बदल्न सकिँदैन, उनीहरुले भनेको मान्नुपर्छ। सन्तुलन गरेर जानुपर्छ। यसमा नै हाम्रो बुद्धिमता छ। हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो।’

उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए।

भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको देउवाले बताए।

उनले भने, ‘बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ एउटै छ, को छ बायर इण्डिया, की हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ हेर्नुस्। त्यही कुरा हो। बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई। नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भएपनि बिजुली उसले किन्दै किन्दैन। किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन्। यी सबैकुरा बुझ्नुपर्छ। हामीले सबैलाई मिलाउनुपर्छ।’

सभापति देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .