खेल


महिला–पुरुष दुवैतर्फ एपीएफ फाइनलमा

महिला–पुरुष दुवैतर्फ एपीएफ फाइनलमा

नेपालखबर
माघ ९, २०७६ बिहिबार १२:३१,

काठमाडाैँमा जारी पाँचौ आरबीबी एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ र हेल्प नेपाल स्र्पोटस् क्लब तथा महिलातर्फ न्यु डायमन्ड र एपीएफ भिड्ने भएका छन्।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा पुरुषतर्फ एपीएफले आर्मीलाई तथा हेल्प नेपालले पुलिसलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

महिलातर्फ न्यु डायमन्ड र एपीएफबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। न्यु डायमन्डले आर्मी र एपीएफले पुलिसलाई हराउँदै एक अर्कासँगको भेट पक्का गरेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र २५–१५ ले पाखा लगाउँदै एपीएफसँगको भेट पक्का गरेको हो।

आजै भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई २५–२२, २५–२२ र २६–२४ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
तेस्रो स्थानका लागि पुलिस र आर्मी भिड्ने छन्।

महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ र न्यु डायमन्ड क्लब उपाधिका लागि भिड्ने भएका छन्। बिहीबार भएको सेमिफाइनलमा न्यु डायमनडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफसँग भेट पक्का गरेको हो। डायमन्डले आर्मीलाई २५–१५, २५–२२ र २५–१३ ले पराजित ग¥यो।

बिहिबार नै भएको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले पाखा लगायो। तेस्रो स्थानका लागि शुक्रबार आर्मी र पुलिस भिड्नेछन्।

दुवैतर्फको फाइनल खेल शुक्रबार नै हुनेछ। फाइनल खेलअघि दुवैतर्फका तेस्रो स्थानका लागि खेल हुनेछ।

प्रतियोगितामा दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागततर्फका उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad