खेल


एसिया कप : आज पहिलोपटक भारतसँगै भिड्दै नेपाल, जिते सुपर फोरमा पुग्ने (भिडिओ)


नेपालखबर
भदौ १८ , काठमाडौँ

एसिया कपमा आज सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको महारथी भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको खेलमा श्रीलंकाको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। 

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल आज भारतलाई पराजित गर्दै सुपर फोरमा स्थान बनाउन चाहन्छ।

उता समूह चरणको पहिलो खेलमा वर्षा बाधक बनेपछि पाकिस्तानसँग अंक बाँडेको भारतीय टोली नेपाललाई स्तब्ध पार्दै सुपर फोरमा पुग्ने योजनामा हुनेछ। 

भारतसँग नेपाली टोली अनुभवका लागि खेल्दा भारत भने दबाबमा हुनेछ। भारत छिमेकी राष्ट्र भएपनि क्रिकेटमा पहिलो पटक नेपालसँग खेल्न लागेको हो। 

लामो समयदेखि विराट कोहलीसँग खेल्ने नेपाली खेलाडीको सपना हो। जुन सपना सोमबार पूरा हुँदैछ। 

नेपालका लागि सोमबार भारतीय कप्तान रोहित शर्मा, विराट कोहलीसँगै इसान किसान, हार्दिक पाण्डेय नेपालका लागि समस्या बन्न सक्छन्। 

बलरमा मोहम्मद सिराज, जसप्रित बुमराह, कुलदिप यादव र सार्दुल ठाकुर नेपाली ब्याटरका लागि घातक हुन सक्छन्।

सोमबार नेपालले पाकिस्तानसँग गरेका गल्तीबाट पाठ सिक्दै संयमित भएर खेल प्रस्तुत गर्नु जरुरी छ। 

सोमबार पनि श्रीलंकामा वर्षाको सम्भावना रहेकाले नेपालको सुपर फोर सम्भावना कठिन छ। यदी वर्षाका कारण खेल रद्द भए भारत २ अंकमा सुपर फोरमा पुग्नेछ। 

सोमबारको खेलमा नेपाल र भारत मध्य पराजित हुने टोली समुह चरणबाटै बाहिरिने छ। सुपर फोरमा स्थान बनाउनका लागि नेपाललाई जितको विकल्प छैन। 

उता पाकिस्तान २ खेलमध्य १ खेलमा जित र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगिसकेको छ। 

एसिया कपको समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। सुपर फोरमा पुग्ने चार टोलीले एक अर्कासँग स्पर्धा गर्नेछन्। त्यहाँका २ टोलीले फाइनलमा स्थान बनाउनेछन्।

भदौ १८, २०८० सोमबार ९:२५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .