खेल


फिफा महिला विश्वकप : उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्ने

फिफा महिला विश्वकप : उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्ने

नेपालखबर
साउन ३१, २०८० बुधबार १८:९, काठमाडौँ

फिफा महिला विश्वकपको उपाधिका लागि इङल्याण्ड र स्पेन भिड्ने भएका छन्। 

घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो। 

उपाधि भिडन्त आइतबार हुनेछ। इङल्याण्ड र स्पेन दुवै टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेका हुन्। 

स्पेनले मंगलबार स्वीडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

बुधबार सिड्नीस्थित स्टेडियम अष्टे«लियामा दोस्रो सेमिफाइलनमा विश्वकपको सह आयोजकलाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो। 

इङ्ल्यान्डको जितमा एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरे। अष्ट्रेलियाका लागि कप्तान सामन्था खेरले एक गोल आफ्नो नाममा गरिन्। 

खेलको ३६औं मिनेटमा एला टुनको गोलमा इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थप्यो। 

खेलको ६३औं मिनेटमा कप्तान सामन्था खेरले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याईइन्। 

७१ औं मिनेटमा लौरेन हेम्पको गोलमा इंग्ल्यान्डले २–१ ले अग्रता बनायो। ८६औं मिनेटमा एलेसिया रुसोको गोलमा इंग्ल्यान्डले ३–१ ले अग्रता बनायो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा सह आयोजक महिला विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। 

अष्ट्रेलियाले अब शनिबार तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad