यस पोस्टसँगै यतिबेला खेल जगतमा विवाद सिर्जना भएको छ। ५० पटक लाइटवेट बक्सिङको व्यवसायिक खेलमा अपराजित रहेका मे वेदरले यूएफसी खेल्न लागेको हो त? भन्ने हल्ला चलेको छ।
मकग्रेगर र खबिब दुवै यूएफसी लाइटवेटका च्याम्पियन बनिसकेका खेलाडी हुन्। तर सन् २०१७ मा मकग्रेगरलाई मे वेदरले बक्सिङमा पराजित गरेका थिए।
त्यसपछि आफूले यूएफसी खेल्ने विषयमा यूएफसी प्रमुख डेना वाइटसँग कुरा भइरहेको मे वेदरले बताएका थिए।
हालै मे वेदरले यूएफसी प्रमोसन भनेर मकग्रेगर र खबिबसँग फोटो पोस्ट गर्नाले उनले दुवैसँग भिड्न लागेको अनुमान गरिएको छ।
मे वेदर ४२ वर्षका भइसके र उनी रिटायर्ड बक्सर हुन्। उनका लागि यूएफसी नयाँ विधा पनि हो।
तर मकग्रेगर र खबिब यूएफसीका जल्दाबल्दा खेलाडी हुन्। यतिबेला यूएफसीमा खबिब र मकग्रेगरसँग मे वेदरले भिड्नु निकै जटिल हुने विश्लेषण सुरु भएका छन्।
Shares
प्रतिक्रिया