ad ad

खेल


विश्वकपमा पुग्न असफल नेपाली टोलीलाई ओलीको ढाडस- निराश नहुनू, फर्केपछि सँगै खाना खाऔँला

विश्वकपमा पुग्न असफल नेपाली टोलीलाई ओलीको ढाडस- निराश नहुनू, फर्केपछि सँगै खाना खाऔँला

फाइल तस्बिर : नेपाली क्रिकेट टोली र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली।


नेपालखबर
असार १०, २०८० आइतबार ८:७, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकपमा प्रवेश गर्न असफल नेपाली क्रिकेट टोलीलाई निराश नहुन आग्रह गरेका छन्। 

आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग ७ विकेटले हार्दै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो। 

कहिलेकाहीँ मेहनत गर्दागर्दै पनि परिणाम प्राप्त हुन नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले विश्वकप छनोट प्रतियोगितामा सहभागी नेपाली टोलीलाई हौसला दिएका छन्। 

‘आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ।  मेहनत जननी हो भने परिणाम शीशु’, अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन।’
जित हुन नसके पनि नेपाली टिमको मेहनत कमजोर नभएको बताउँदै अध्यक्ष ओलीले त्यसका लागि नेपाली क्रिकेट टोलीलाई धन्यवादसमेत दिएका छन्। 

‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन’, ओलीले भनेका छन्, ‘मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम।’

उनले नेपाल फर्केपछि सँगै बसेर खाना खान नेपाली क्रिकेट टोलीका सदस्यलाई प्रस्ताव पनि गरेका छन्।  

‘नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला’, उनले हौसला दिँदै भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .