ad ad

समाज


पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार ८:४८, काठमाडौँ

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा गए रातिदेखि यातायात सेवा पूर्णरूपमा बन्द भएको हो।

यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

'पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी  पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ। पहिरो पन्छाउन सकिएको छैन,' उनले भने।

पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। -रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .