खेल


फराकिलो हारसँगै टुंगियो नेपालको विश्वकप छनोट यात्रा

फराकिलो हारसँगै टुंगियो नेपालको विश्वकप छनोट यात्रा

नेपालखबर
असार ९, २०८० शनिबार १८:२६, काठमाडौँ

नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल आईसीसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ। 

नेपालको हारसँगै नेदरल्याण्ड सुपर सिक्समा पुगेको छ। समूह ए बाट नेदरल्यान्ड्ससँगै जिम्बाब्वे र वेष्ट इण्डिजले सुपर सिक्समा स्थान पक्का गरेका छन्।

यो समुह बाट एक खेलमा जित निकालेको नेपाल र अमेरिका भने सुपर सिक्सको यात्राबाट टाढिएका छन्। समुह बी बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन्। 

नेपालले अब ७ देखि १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ।

प्लेअफमा नेपालले समूह बी का पुछारको टोलीसँग खेल्नेछ। समूह बी को पुछारका आयरल्यान्ड र यूएईसँग खेल्नेछ।

नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७‍.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र विक्रमजित सिंहले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुवात दिएका थिए।

१३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले विक्रमजितलाई एलबीडब्लु धरापमा पर्दै साझेदारी तोडेका थिए।

विक्रम जित ४३ बलमा ३ चौका र १ छक्का हान्दै ३० रन बनाएका थिए। 

तेस्रो विकेटका लागि ओ डाउड र बास डे लीडेले ६२ रनको साझेदारी गरे। विष्फोटक ब्याटिङ गरेका ओ डाउडलाई गुलसन झाले २६.१ ओभरमा ९० रनमा बोल्ड आउट गरे। डाउडले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। 

बास डे लीडे ४१ र तेजा निदामानुरु २ रनमा नटआउट रहे। लिडेले ३९ बलमा ६ चौका हान्दै ४१ रनको योगदान दिए। 

सन्दीपले नै १४.५ ओभरमा वेस्ली ब्यारेसीलाई ३ रनमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए। 

त्यसअघि जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो। सुपर सिक्समा पुग्नका लागि निर्णायक मानिएको खेलमा नेपालका ब्याटरहरु चल्न सकेनन्। 

खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो। 

नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्।  

कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के।

सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

किफायती बलिङ गरेका नेदरल्याण्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

नेदरल्याण्ड्सका लोगान भ्यान बेक एक्लैले चार विकेट लिए। विक्रमजित सिंह र बास डे लीडे ले दुई विकेट आफ्नो नाममा गरे। क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट झारे।

नेपालले जारी विश्वकपमा बनाएको यो सबैभन्दा कम स्कोर हो। यसअघि वेस्ट इन्डिज विरुद्ध २ स ३२ र जिम्बाब्वेविरुघ २ सय ९० रन बनाएको थियो। 

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य भने नेपालले सहजै पूरा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .