ad ad

खेल


नेपालविरुद्ध कप्तान होप र पुरनको शतक

नेपालविरुद्ध कप्तान होप र पुरनको शतक

नेपालखबर
असार ७, २०८० बिहिबार १५:४२, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालविरुद्धको खेलमा वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनले शतक पूरा गरेका छन्।

चौथो विकेटका लागि होप र पुरनले १ सय ८६ रनको अविजित साझेदारी गर्दै दुवैले शतक पूरा गरेका हुन्।

कप्तान होपले १०७ बलमा ७ चौका र २ छक्का मद्धतमा शतक पूरा गरे। पुरनले ८१ बलमा ९ चौका र ४ छक्का मद्धतमा शतक पूरा गरे।

नेपालले यी दुइको साझेदारी तोड्न नसक्दा विशाल लक्ष्य पाउने पक्का भएको छ।

यसअघि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ४२ बलमा २ चौका र २ छक्का हान्दै ३२ रन बनाएका ब्रान्डोन किङलाई बोल्डआउट गरे। यसअघिका दुई खेलमा विकेट विहिन सन्दीपले आजको खेलमा किफायती बलिङ गरिरहेका छन्।

चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए। चाल्र्स शून्य र केल १ रनमा आउट भए।

जिम्बावेको हरारे स्पोट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले ४० ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा २ सय २ सय ४१ रन बनाएर खेलिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .