ad ad

खेल


दिपेन्द्र सिंह ऐरीले लिए नेपालका लागि महत्वपूर्ण विकेट

दिपेन्द्र सिंह ऐरीले लिए नेपालका लागि महत्वपूर्ण विकेट

नेपालखबर
असार ७, २०८० बिहिबार १६:१, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा दिपेन्द्र सिंह ऐरीले नेपालका लागि महत्वपूर्ण विकेट लिएका छन्।

दिपेन्द्रले ४४ औं ओभरको अन्तिम बलमा निकोलस पुरनलाई क्लिन बोल्ड गर्दै नेपाललाई महत्वपूर्ण विकेट दिलाएका हुन्।

पुरन ९४ बलमा १० चौका र ४ छक्काको मद्दतमा १ सय १५ रन बनाउँदा पवेलियन फर्के।

चौथो विकेटका लागि कप्तान साइ होप र निकोलस पुरनले २१६ रनको साझेदारी गरेका थिए। साइ होप १ सय १५ रनमा क्रिजमा छन्। अहिले क्रिजमा रोमान पावेल क्रिजमा आएका छन्।

राम्रो सुरुवात गरेको नेपालले होप र पुरनको साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो।

यसअघि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ४२ बलमा २ चौका र २ छक्का हान्दै ३२ रन बनाएका ब्रान्डोन किङलाई बोल्डआउट गरे। यसअघिका दुई खेलमा विकेटविहीन सन्दीपले आजको खेलमा किफायती बलिङ गरिरहेका छन्।

चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए। चाल्र्स शून्य  र केल १ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .