ad ad

खेल


काई हाभर्टजलाई अनुबन्ध गर्दै आर्सनल

काई हाभर्टजलाई अनुबन्ध गर्दै आर्सनल

नेपालखबर
असार ७, २०८० बिहिबार ११:२३, काठमाडौँ

लन्डन क्लब आर्सनलले चेल्सीका जर्मन मिडफिल्डर काई हाभर्टजलाई अनुबन्ध गर्ने भएको छ। 

आर्सनलले काईलाई ६५ मिलियन पाउन्डमा क्लबमा ल्याउन सम्झौता गरेको हो। 

हाभर्टजलाई आर्सनल लैजानका लागि दुई क्लबबीच सैद्धान्तिक सम्झौता भइसकेको छ। जसले क्लबले खेलाडीलाई व्यक्तिगत सर्तहरुका विषयमा छलफल गर्न र मेडिकल गर्न अनुमति दिनेछ। 

गत सिजन चेल्सीका लागि ४७ खेलमा ९ गोल गरेका हाभर्टजको शुल्क एड–अनसँगै बढ्न सक्नेछ। 

२४ वर्षिय हाभर्ट्ज सन् २०२० मा बायर लेभरकुसेनबाट ७१ मिलियन पाउण्डको सम्झौतामा चेल्सी आएका थिए। 

उनले २०२१ को च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध चेल्सीका लागि विजयी गोल गरेका थिए। 

च्याम्पियन्स लिगका लागि छनोट भएपछि प्रशिक्षक मिकेल अर्टेटाले आर्सनललाई बलियो बनाउन लागिपरेका छन्। 

आर्सनलले वेस्ट ह्यामका कप्तन इङल्यान्डका मिडफिल्डर डेक्लान राइसलाई पनि पछ्याइरहेको छ। तर २४ वर्षीय डेक्लानले ९० मिलियन पाउन्डसम्मको प्रस्ताव अस्वीकार गरेका छन्। 

यसैबीच चेल्सीले आफ्नो टोलीको सख्या घटाउने प्रयासमा छ। चेल्सीले क्रोएसियाका २९ वर्षीय मिडफिल्डर माटेओ कोभासिकलाई म्यानचेस्टर सिटीलाई ३० मिलियन पाउन्डमा दिन सम्झौता गरेको छ। 

यस्तै अर्का मिडफिल्डर फ्रान्सका ३२ वर्षीय एनगोलो कान्टेलाई पनि साउदी अरब च्याम्पियनका लागि अल इतिहादमा अनुबन्ध गर्न सहमत भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .