ad ad

खेल


सिटीका कप्तान गुन्डोगन बार्सिलोना जाने

सिटीका कप्तान गुन्डोगन बार्सिलोना जाने

नेपालखबर
असार ७, २०८० बिहिबार ११:४७, काठमाडौँ

म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगन बार्सिलोना जाने भएका छन्। 

यसै महिनाको अन्त्यमा सिटीसँग सम्झौता सकिएपछि गुन्डोगन फ्रि ट्रन्सफरमा बार्सिलोना जाने भएका हुन्। ३२ वर्षीय गुन्डोगनलाई सिटीले नयाँ सम्झौताका लागि प्रस्ताव गरे पनि उनले बार्सिलोनासँग ३ वर्षको सम्झौता गरेको बुझिएको छ। 

सिटीका प्रशिक्षक पेप गार्डिओला यो सिजनको ट्रेबल उपाधि जित्न क्लबका महत्त्वपूर्ण हिस्सा रहेका गुन्डोगनलाई राख्न इच्छुक थिए। 

जर्मनीका मिडफिल्डरले २०२२–२३ मा ५१ खेलमा ११ गोल गरेका छन्। 

सिटीको यो सिजनमा गुन्डोगनले महत्त्वपूर्ण प्रभाव छाडेका थिए। म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ को एफए कपको फाइनलसहित आफ्नो अन्तिम सात खेलमा ६ गोल गरेका थिए। 

च्याम्पियन्स लिगको फाइन्लमा सिटीले इन्टर मिलानलाई १–० ले हराउँदा गुन्डोगनले पूरै ९० मिनेट मैदानमा बिताएका थिए। 

गार्डिओलाले यो महिनाको सुरुआतमा गुन्डोगनलाई राख्न काम गरिरहेका थिए जसमा उनी सफल हुने आशा पनि राखेका थिए।

यसैबीच क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिकलाई अनुबन्ध गर्न सिटीले चेल्सीसँग ३० मिलियन पाउन्डको सम्झौता गरेपछि गुन्डोगन बार्सा जाने निर्णयमा पुगेका हुन्। 

गुन्डोगन २०१६ मा २० मिलियनमा बोरुसिया डर्टमुन्डबाट सिटीमा आएका थिए। उनले सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका छन्। 

यो सात वर्षको अवधिमा गुन्डोगनले १४ उपाधि जितेका छन्। जसमा पाँच प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग, दुइ एफए कफ चार काराबाओ कप र दुइ सामुदायिक शिल्ड जितेका छन्। 

२०२२–२३ को सुरुवातमा ब्राजिलमा मिडफिल्डर फर्नान्डिन्होले क्लब छाडेपछि गुन्डोगनलाई कप्तान बनाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .