ad ad

खेल


साफ च्याम्पियनसिप आजदेखि सुरु हुँदै, नेपाल र कुवेत भिड्ने

साफ च्याम्पियनसिप आजदेखि सुरु हुँदै, नेपाल र कुवेत भिड्ने

नेपालखबर
असार ६, २०८० बुधबार ८:३४, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतमा बुधबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। 

खेल दिउँसो पौने ४ बजे सुरु हुने खेल बैगलुरुमा हुनेछ। 

छोटो समयको तयारीमा भारत पुगेको नेपालले फिलिपिन्समा एक मैत्रीपुर्ण खेल खेलेको थियो। 

मैत्रीपूर्ण खेल १–० ले पराजित भएको नेपाल साफमा सुखद सुरुवात गर्ने योजनामा छ। 

नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको कठिन समुहमा छ। अघिल्लो संस्करण मालदिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल ३० वर्षपछि पहिलो पटक साफको फाइनलमा पुगेको थियो।

तर यो पटक कठिन समुहमा रहेको नेपालका लागि समुह चरण पार गर्नु नै ठूलो उपलब्धि हुनेछ।

साफ खेल्ने टोली 
गोलकिपर–
 किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)।

डिफेन्डर– विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)। 

मिडफिल्डर– पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा –एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ)। 

फरवार्ड – आषुश घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अञ्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .