खेल


पाँच महिला फुटबल खेलाडी अमेरिका जाने

पाँच महिला फुटबल खेलाडी अमेरिका जाने

नेपालखबर
असार १२, २०७६ बिहिबार १२:३९,

नेपालस्थित अमेरिकी दूतावासले पाँच नेपाली महिला युवा फुटबल खेलाडीलाई खेलकुद आगन्तुक कार्यक्रम (एसभीपी) अन्तर्गत अमेरिका पठाउँने भएको छ।

ती खेलाडीहरुले असार १५ देखि २७ गतेसम्म अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम एसभीपीमा सहभागिता जनाउँने दूतावासले जनाएको छ। उक्त कार्यक्रममा खेलाडीहरुले अमेरिकी संस्कृति, नेतृत्व, र खेलकुदका अभ्यासहरु बारे जानकारी हासिल गर्नेछन्।

त्यसबाहेक अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा व्यवस्थापन र एफएचआइ-३६० द्वारा कार्यान्वयन हुने उक्त कार्यक्रममा खेलाडीहरुलाई अमेरिकी समाज, संस्कृति, र मान्यताहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्ने दूतावासले उल्लेख गरेको छ। कार्यक्रममा पोषण, तागत र अनुकूलन, खेलकुदमा लैङ्गिक समता, खेलकुदमा अपाङ्गता, तथा टिम निर्माण लगायतका अभ्यासका शत्रहरु समेत हुनेछन्।

दूतावासकी प्रवक्ता एण्डी डि आर्मेण्टले नेपाल फर्केर आएपछि यी खेलाडीहरुले कार्यान्वयन गर्ने व्यक्तिगत कार्ययोजनामा जोड दिँदै भनिन्, 'एसभीपी जस्ता कार्यक्रमले खेलकुदप्रतिको सर्वव्यापी मोहलाई भाषिक र सामाजिक-सांस्कृतिक भिन्नताभन्दा माथि उठ्ने र मानिसहरूलाई एकै ठाउँमा ल्याउन मद्दत पुर्याउँछ।खेलकुदमा सहभागिताले नेतृत्व, सामूहिक कार्य, र सम्प्रेषण सिपहरू सिकाउँछ जसले युवावर्गलाई जीवनका सबै पक्षहरूमा सफल बन्न मद्दत गर्छ।'

अखिल नेपाल फुटबल संघ र ‘वी युनाइटेड’ परियोजनासँगको साझेदारीमा नेपालको भौगोलिक, सांस्कृतिक, र जातीय विविधताको प्रतिनिधित्व हुने गरी कर्णालीदेखि धनुषासम्म र सुदुरपश्‍चिमदेखि काठमाण्डौंसम्मबाट चुनिएका उमेर १५-१८ वर्षका पाँच सहभागिहरुलाई अमेरिका पठाउँन लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad