ad ad

खेल


अनुभव बटुल्नमै सीमित बन्यो काभा महिला भलिबल (फोटो/भिडिओ)

स्तरवृद्धि प्रमाणित गर्ने अवसरबाट चुक्यो नेपाल

लक्ष्मी जि.सी
जेठ १४ , काठमाडौँ

घरेलु मैदानमा नेपालले तेस्रो स्थानमा रहँदै काभा महिला भलिबल च्यालेन्ज कपको यात्रा अन्त्य गरेको छ।

सेमिफाइनलमा काजाकास्तानविरुद्ध जितको नजिक पुगेर पनि असफल भएपछि नेपालले विगतको भन्दा स्तरवृद्धि भएको प्रमाणित गर्ने एउटा महत्वपूर्ण अवसर भने चुकाएको छ। 

सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा)मा आबद्ध १४ देशलाई दुई समूहमा विभाजन गरि विगतमा अलग अलग प्रतिस्पर्धा आयोजना हुन्थ्यो। 

त्यसरी सन्चालन हुँदाको बी श्रेणीको सेन्ट्रल जोनमा नेपाल पछिल्लो दुई पटकको च्याम्पियन थियो। यसपटक ए र बी दुवै श्रेणाीका टोलीलाई समावेश गर्दै च्यालेन्ज कपको आयोजना हुँदा नेपाल फाइनल पुग्न असफल भएको छ।

समूह चरणमा भारतविरुद्ध ३–१ को सेटमा सेटमा हार ब्यहोरेको नेपालले सेमिफाइनलमा काजाकास्तानसँग ३–२ को सेटमा हार ब्यहोरेको थियो। २–२ को बराबरीपछि अन्तिम तथा निर्णायक सेटमा भने नेपालको प्रदर्शन कमजोर रह्यो। 

च्यालेन्ज कपका लागि झण्डै साढे दुई महिना तयारी गरेपनि च्यालेन्ज कप अघि नेपाली टोलीले अभ्यास खेलको मौका पाएन। अभ्यास खेलको मौका पाउँथ्यो भने यसपटक फाइनल सम्म पुग्न सक्ने धेरैले अनुमान गरेका थिए। 

भारतसँगको समूहमा उपविजेताका रुपमा सेमिफाइनल पुगेको नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भने उज्वेकिस्तानलाई ३–१ ले हराएको थियो।

दुई वर्षअघि सेन्ट्रल जोन च्याम्पियनको फाइनलमा उज्वेकिस्तानलाई नै ३–२ ले हराएको थियो। विगतमा बी श्रेणीमा रहेका टोलीबीचमा भने नेपाल अहिले पनि अब्बल रहेको फेरि एकपटक प्रमाणित भएपनि त्यसमाथि माथिल्लो स्तरमा जानका लागि नेपाली टोलीलाई बढी भन्दा बढीको एक्पोजरको आवश्यकता रहेको देखिन्छ।

भारतीय प्रशिक्षकले पनि नेपाली टोलीमा क्षमता प्रर्याप्त रहेपनि खेल अनुभवको कमी रहेको बताएका थिए। उज्वेकिस्तानका प्रशिक्षकले भने नेपाली टोली विगतमा भन्दा पनि बलियो भएको बताए। 

कप्तान अरुणा शाहीले टोलीमा पहिलो पटक मौका पाएका खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएकी थिइन्। अरुणाले विगतमा भन्दा टोलीको डिफेन्स र रिसिभिङ राम्रो भएको बताइकी थिइन्। 

पहिलो पटक एसियाली खेलकुदमा भाग लिने तयारीमा रहेको नेपाली टोलीले अहिलेको स्तरमा वृद्धि गर्ने हो भने आफूभन्दा माथिल्लो स्तरका टोलीसँग केहि अभ्यास खेल खेल्न आवश्यक छ।

काजाकास्तानलाई नै हराउँदै भारत च्यालेन्ज कपको च्याम्पियन बनेर फर्कँदैछ। 

फोटो/भिडिओ: सरोज नेपाल

जेठ १४, २०८० आइतबार २२:८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .