ad ad

खेल


सावित्रा सम्मिलित गोकुलम केरलाको शानदार जित

सावित्रा सम्मिलित गोकुलम केरलाको शानदार जित

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार ७:४, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरला एफसीले भारतीय महिला लिगमा शानदार जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा गोकुलमले माता कुमानी एफसीलाई ९–० को फराकिलो अन्तरले पाखा लगाएको हो। 

गोकुलमको सानदार जितमा साम्बा एक्लैले चार गोल गरिन्। खेलको प्लेयर अफ दि म्याच समेत बनेकी साम्बा लिगको सर्वाधिक गोलकर्तासमेत हुन्। साम्बाले लिगका ५ खेलमा १९ गोल गरिसकेकी छन्। 

साम्बाले खेलको पहिलो र दोस्रो हाफमा समान २ गोल गरिन्। खेलको पाँचौं मिनेटमा रञ्जना चानुले गोल गर्दै गोकुलमलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

साम्बाले पहिलो हाफको सातौं र १२ औं मिनेटमा गोल गरिन्। डाङमइ ग्रेसले २०, सिल्की देवीले २७ तथा तथा इन्दुमथीले ३५ र र इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि गोकुलमले पहिलो हाफमा नै ७–० को फराकिलो अग्रता बनाएको थियो। 

खेलको ६८औं मिनेटमा साम्बाले टोलीका लागि आठाैँ तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। लगत्तै ६९औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गरिन्। 

लिगमा अपराजित गोकुलमले पाँच खेलमा जित र एक खेलमा बराब0री गर्दै १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .