ad ad

खेल


चर्च ब्वाइजको प्रमुख प्रायोजकमा अपि पावर

चर्च ब्वाइजको प्रमुख प्रायोजकमा अपि पावर

नेपालखबर
बैशाख २७, २०८० बुधबार ७:१३, काठमाडौँ

ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबलाई अपि पावर लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ। 

सहिद स्मारक ए डिभिजन लिगको १६ औं चरणको खेल जारी रहँदा चर्च ब्वाइजले मुख्य प्रायोजकमा अपि पावरसँग एक वर्षको सम्झौता गरेको हो। 

क्लबले मंगलबार कार्यक्रम गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा अपि पावर लिमिटेडका कार्यकारी सञ्चालक सञ्जीव न्यौपाने र चर्च ब्वाइज क्लबका अध्यक्ष टंकलाल राइले हस्ताक्षर गरे। 

सम्झौतासँगै अब चर्च ब्वाइजले आफ्नो नामको अघि अपि पावर जोड्ने भएको छ। अपि पावरले क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतिका लागि सहयोग गर्नेछ। 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अपि पावर लिमिटेडका हाल दुईवटा जलविद्युत् तथा दुई सौर्य आयोजनासहित ५ आयोजना सञ्चालनमा छन् भने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .