ad ad

खेल


एसीसी प्रिमियर कपको फाइनल आज, नेपाल र यूएई भिड्दै

वर्षाले बाधा पुर्‍याए के हुन्छ?
एसीसी प्रिमियर कपको फाइनल आज, नेपाल र यूएई भिड्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ८:२१, काठमाडौँ

एसीसी प्रिमियर कपको फाइनलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। 

आजको खेल विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ए को विजेताका रुपमा फाइनलमा पुगेको हो। उता यूएईले सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। 

घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा हुनेछ। 

तर आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आजको फाइनल प्रतिस्पर्धामा वर्षाले अवरोध गरेमा बाँकी खेल भोलि (मंगलबार) हुनेछ। मंगलबार पनि पानी परेर खेलको नतिजा आउन नसकेमा खेल सुपर ओभरमा जानेछ।

सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ। सुपर ओभर हुन नसक्ने अवस्था भए नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)  वरीयताका आधारमा एसिया कपमा पुग्नेछ। ओडीआई वरीयतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .