ad ad

समाज


पानी पार्ने नयाँ प्रणाली भित्रिँदै, अझै ३ दिन देशभर मौसम बदली र वर्षाको सम्भावना

पानी पार्ने नयाँ प्रणाली भित्रिँदै, अझै ३ दिन देशभर मौसम बदली र वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ७:११, काठमाडौँ

देशभर मौसम बदली र वर्षा अझै ३ दिन जारी रहने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार देशभर मौसम बदली र वर्षा हुने क्रम अझै कम्तीमा ३ दिन जारी रहने देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। 

‘आज बेलुका पश्चिम नेपालबाट पश्चिमी वायुको नयाँ प्रणाली (वर्षा गराउने प्रणाली) भित्रिँदै छ’, मौसमविद् झाले भने, ‘यसले अब अरू २/३ दिन देशभर मौसम बदली र वर्षा गराउने सम्भावना छ।’

मौसमविद् झाका अनुसार अहिले पनि लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

दिउँसो पनि देशैभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् झाका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। 

साथै अपराह्नतिर मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरी अउन सम्भावना पनि रहेको मौसमविद् झाले जानकारी दिए। ‘त्यस्तो धेरै ठूलो हावाहुरी त होइन, सामान्यभन्दा अलि बढी गतिको हावाहुरी चल्ने सम्भावना छ’, उनले भने। 

यस्तै आज राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहने छ। यस क्रममा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ। 

मौसम महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशैभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का खि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .