ad ad

खेल


बीबीसीलाई पराजित गर्दै ब्रिगेड ब्वाइज अंकतालिकाको तेस्रो स्थानमा

बीबीसीलाई पराजित गर्दै ब्रिगेड ब्वाइज अंकतालिकाको तेस्रो स्थानमा

नेपालखबर
पुस २३, २०७६ बुधबार ८:३६,

ब्रिगेड ब्वाइज क्लव बीबीसीलाई ३–१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

काठमाडौमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधवार भएको खेलमा थ्रीस्टारले ललितपुरे डर्बीमा बीबीसीलाई पाखा लगाएपछि अंक तालिका रोमाञ्चक बनेको छ। जितसँगै थ्रीस्टारको १० अंक भएको छ। शीर्षस्थानको मनाङको ११ र मछिन्द्रको १० अंक छ।

पहिलो खेलमा जावलाखेलसँग बराबरी गर्दै लिगको सुरुवात गरेको थ्री स्टारले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको थियो। यसअघिको खेलमा भने थ्रीस्टार त्रिभुवन आर्मी क्बलसँग २–० ले स्तब्ध भएको थियो।

थ्री स्टारको जितमा सुसान श्रेष्ठ, अनन्त तामाङ र हम्जातले गोल गरे। बीबीसीका लागि अन्तिम मिनेटमा रोशन राना मगरले सान्त्वना गोल फर्काए। खेलको १४ औं मिनेटमा सुसानको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो।

अशोक खवासको पासमा सुसानले सिक्स यार्ड बक्स भित्रबाट सहज गोल गरेका थिए। ४१ औं मिनेटमा अनन्त गोल गर्दै अग्रता दोब्बर पारे। आन्तले मिक्छेन तामाङको कर्नरमा हेडमार्फत गोल गरेका थिए।

पहिलो हाफमा २–० को अग्रता बनाएको थ्रीस्टारले खेलको ५८ औं मिनेटमा हम्जातले गोलमा अग्रता फराकिलो पा¥यो।

खेलको ६६औं मिनेटमा बीबीसी १० खेलाडीमा समेटियो। बिबिसीका दिपक राज सिंहले थ्री स्टारका अशोक खवासलाई फल गरेपछि सिधै रातो कार्ड खाँदै मैदान छाडे।

७२औं मिनेटमा रोशन थापामगरको प्रहारलाई थ्री स्टारका गोलरक्षक प्रिसोले सहजै बचाए। ८९औं मिनेटमा बीबीसीका रोशन रानामगरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।

थ्रीस्टारले लिगको दोस्रो र तेस्रो चरणमा नेपाल पुलिस क्लब र एपिएफलाई समान १–० ले पाखा लगाएको थियो।

हिमालयन शेर्पालाई १–० ले हराएको बिबिसीले फ्रेन्ड्सलाई २–० ले पराजित गरेको थियो। बिबिसी मछिन्द्रसँग २–० र मनाङसँग १–० ले स्तब्ध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .