ad ad

समाज


यी दुई जहाजमा चीन लगिँदै छन् नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँ

यी दुई जहाजमा चीन लगिँदै छन् नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँ

नेपालखबर
पुस २३, २०७६ बुधबार ८:२६,

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधमा संलग्न रहेको आरोपमा काठमाडौंमा पक्राउ परेका १ सय २२ जनालाई आज चीन फिर्ता लगिने भएकाे छ। यसका लागि चार्टर गरिएका दुईवटा चिनियाँ जहाज उनीहरूलाई लिन साँझ काठमाडाैं आउनलागेका हुन्। 

चीनले चाइना इस्टर्न र चाइना साउदर्नका दुईवटा जहाज चार्टर गरी सबै जनालाई चीन लैजान लागेकाे हाे। सबै चिनियाँ चाइना इस्टर्नको उडान नं. एमयू७१७६ र चाइना साउदर्नको उडान नं. सीजेट३००२ मार्फत चीन पुर्याइनेछन्। 

arrested chinese

नेपालस्थित चिनियाँ दूतावासले सोमबार अपराह्न अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १ सय २२ जनाको इन्ट्री परमिट बुझाएलगत्तै उनीहरुलाई फिर्ता लैजाने प्रक्रिया सुरु भएको थियो।

त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले दुईमध्ये चाइना इस्टर्न अपराह्न ४ बजे र चाइना साउदर्नको जहाज साँझ ६ बजे काठमाडौं अवतरण हुने जानकारी दिए। त्यसपछि चाइना इस्टर्न ६ बजे र चाइना साउथर्न ७ बजे उड्ने तालिका सार्वजनिक गरिएकाे छ।

china jahaj 1

चाइना साउदर्न र चाइना इस्टर्नका जहाजमा क्रमशः ८० जना र ४२ जनाको बेग्लाबेग्लै टोली बनाएर फिर्ता लगिनेछ। अध्यागमन कानुनअनुसार पक्राउ परेका चिनियाँलाई विभागले दुई हजार र एक हजार रुपैयाँ जरिवाना भराउने निर्णय गर्दै चार वर्षका लागि नेपाल प्रवेश समेत निषेध गरिसकेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त कारबाहीमा पुस ७ गते १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र अनलाइनमा अश्लील यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न उनीहरु पर्यटन भिसामा नेपाल आएका थिए।

प्रहरीको लापरबाहीका कारण संगठित गिरोहका नाइके भने उम्किन सफल भएका छन्।

याे पनिः 
१ सय २२ चिनियाँलाई ४ वर्ष नेपाल प्रवेश निषेध
‘राजा’ भागे, ‘प्यादा’ लिएर फर्कंदै चिनियाँ विशेष टोली
पक्राउ परेका १ सय २२ चिनियाँ लिन दुई चार्टर्ड जहाज बुधबार आउँदै
यसकारण समातिए काठमाडौँबाट ९७ चिनियाँ नागरिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .