ad ad

खेल


न्यु डायमन्ड महिला भलिबलः विभागीय आर्मी र एपीएफको विजयी सुरुवात

न्यु डायमन्ड महिला भलिबलः विभागीय आर्मी र एपीएफको विजयी सुरुवात

नेपालखबर
पुस २३, २०७६ बुधबार ८:४८,

होङवान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छन्।

काठमाडौको नयाँ बसपार्कस्थित ढोरपाटनको भलिवल कोर्टमा भएको प्रतियोगितामा आर्मीले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

एकपक्षीय खेलमा आर्मीले पारामाउण्टलाई २५–६,२५–१८,२५–९ ले पाखा लगायो।

आजै भएको समूह ए को अर्को खेलमा साविक विजेता शसस्त्र प्रहरीको एपिएफले पोखराको टप्स माविलाई २५–११,२५–१० र २५–६ ले हरायो। आजैको खेलबाट एपीएफबाट निरुता ठगुन्नाले डेब्यु गरेकी छन्। यसअघि विभागीय आर्मीबाट खेल्दै आएकी निरुताले अब एपीएफबाट खेल्नेछिन्।

त्यस्तै समूह ‘बी’मा आयोजक एवंम् साविक उप विजेता न्यु डायमण्ड स्पोर्टस क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब छन्।

लिग कम नकआउटका आधारमा हुने खेलमा समूहका शीर्ष २ टोलीले सेमिफाइनल स्थान बनाउनेछन्। प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ। प्रशिक्षणले मात्रै भलिबल विकासमा पुर्णता पाउने नदेखिको उल्लेख गर्दै न्यु डायमन्डले दुई वर्ष अघिदेखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, उपविजेताले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रोले १ लाख ५१ हजार १ सय १ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .