विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा बिहिबार भएको उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगरको उपाधि जितेको हो।
उपाधिसंगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता बाह्रबिसेले ३ लाखमा चित्त बुझायो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।
विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गरिन्। बाह्रबिसेकी रुबिना पहरीले मात्र गोल गरिन्।
पेनाल्टीअघि बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिईन्। यस्तै विराटनगरकी जमुना मगरले गोल गरेकी थिईन्।

प्रतिक्रिया